बतास अर्गनाइजेसन र अटोवेजले तीन अर्ब ४७ करोडमा किने पोखराको मणिपाल अस्पताल


१० भाद्र २०७८, बिहीबार
manipal hospital

पोखरा, १० भदौं । पोखरास्थित मणिपाल मेडिकल कलेज तथा अस्पताल बिक्री भएको छ । बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले तीन अर्ब ४७ करोड रुपैयाँमा मेडिकल कलेज किनेका हुन् । शुक्रबार (भोलि) खरिद–बिक्रीसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज ग्रपका नारायण पौडेलले संस्थागत रूपमा मेडिकल कलेज खरिद गर्न लागेका हुन् ।
भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको मेडिकल कलेज सन् १९९४ देखि सञ्चालनमा छ । भारतीय समूहले मेडिकल कलेज बिक्री गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

तीन अर्ब ४७ करोड रुपैयाँमा खरिद–बिक्री हुन लागेको यो मेडिकेल कलेजमा बतास अर्गनाइजेसनले ६० प्रतिशत र अटोवेज ग्रुपले ४० प्रतिशत लगानी गर्नेछन् । कलेज खरिद–बिक्रीसम्बन्धी अन्तिम सम्झौता शुक्रबार हुने अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले बताए । यो कलेजको आफ्नै स्वामित्वमा ६० रोपनी जग्गा रहेको छ भने १५० रोपनी भाडामा छ । यो अस्पतालमा ७५० शैंयाको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले कलेजलाई लिमिटेड कम्पनी बनाउने उद्देश्य रहेको बताए । उनले बीबीए, एमबीए र इन्जिनियरिङ क्षेत्रलाई पनि समेटिने जानकारी दिए । अस्पताल हस्तान्तरणपछिको एक वर्ष अवधिभित्र न्युरो र मुटुको विभाग विस्तार गर्ने बतासले बताए । ‘यी विभागपछि उपचारका लागि काठमाडौं नै जानुपर्ने बाध्यता हट्नेछ’ उनले भने ।

‘अब गण्डकी प्रदेशका जनता उपचारका लागि काठमाडौं जानैपर्ने बाध्यता हटाउनेछौं । हामी मुटु, न्युरो सेवा विस्तार गर्दै लैजान्छौँ । शिक्षाको क्षेत्रमा पनि विस्तार गर्नेछौं’, उनले भने । भौतिक संरचनाहरूमध्ये १० लाख वर्गफिट बिल्टअप क्षेत्रफलमा भवन मात्र रहेको छ । प्रत्येक वर्ष १०० जना विद्यार्थी कोटा पाइरहेको यो मेडिकल कलेजमा हाल ११ सय जनाले रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७