काबुल विष्फोटपछि बाइडेनको आक्रोश : आतंककारीलाई खोजी–खोजी मार्नेछौं


११ भाद्र २०७८, शुक्रबार
biben

काबुल, ११ भदौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिसको ज्यान जानेगरी विष्फोट गराउने आतंककारीलाई खोजीखोजी मार्ने चेतावनी दिएका छन् ।

काबुलको हामिद कारजाई विमानस्थल नजिक बिहीबार साँझ लगातार भएका दुई विष्फोटमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ भने २ सय जना भन्दा बढी घाइते भएका छन् । घटनामा १३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको छ ।

घटनाको भर्त्सना गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले अरूको ज्यान बचाउन खटिएका सैनिकको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनापछि राति अबेर पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्, ‘हामी अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई बचाउँछौं र अफगान सहयोगीलाई बाहिर निकाल्छौं, हाम्रो मिसन जारी रहनेछ, आवश्यक परे थप सैनिक पठाउनेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७