काबुल विष्फोट : मृत्तक संख्या १७० पुग्यो, दुई जना बेलायती पनि


१२ भाद्र २०७८, शनिबार
kabul bomb attack PgMr6BgG0k 1

काबुल, १२ भदौं । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, दुई जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो । घटनामा १,२७६ जना घाइते भएका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता छाड्न भीड लागिरहेको काबुलको विमानस्थल बाहिर बिहीबार साँझ ६ बजेतिर विष्फोट गराइएको हो । मिडिया रिपोर्टअनुसार विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनका पनि छन् । विष्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिइसकेको छ ।

बम विष्फोटपछि रोकिएको उडान शुक्रबार दिउँसो १२ बजेबाट पुनः शुरु भएको छ । फेरि विमानस्थलमा अफगानिस्तान छाड्नेको भीड उसै गरी लाग्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यही अगस्ट १५ तारिखका दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका स्थानीय एवं विदेशी मुलुकले धमाधम अफगानिस्तान छाडिरहेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७