घाइते १० गाईलाई हेलिकोप्टरमा झुण्ड्याएर यसरी झारियो फेदी (तस्बिर / भिडियो)


१३ भाद्र २०७८, आईतवार
c

काठमाडौं, १३ भदौं । स्विट्जरल्याण्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार पहाडको माथि चौरमा चर्न गएका ती गाई घाइते भएर हिँड्न नसक्ने भएपछि शुक्रबार तिनलाई हेलिकोप्टरमा डोरीले बाँधी झुण्ड्याएर तल फेदीमा ल्याइएको हो ।

त्यसरी हेलिकोप्टरबाट ल्याइएका गाईलाई तल जमिनमा होशियारीपूर्वक झारिएको थियो । त्यसका लागि तल केही किसान बसेका थिए ।
हेर्नुहोस्, केही तस्बिर–

1 13
2 16
3 7
4 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७