बलात्कार आरोपमा किशोर पक्राउ


१३ भाद्र २०७८, आईतवार
pakrau
फाइल फोटो

म्याग्दी, १३ भदौं । बलात्कारको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् । शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फिनमा लगेर ती किशोरले भदौ २ देखि १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७