टिपरसँग मिनी ट्रक ठोक्किँदा २३ जना घाइते, चारको हेलिकोप्टरबाट उद्धार


१४ भाद्र २०७८, सोमबार
mini truck accident with tipper in dhading JHpNmai1QF

धादिङ, १४ भदौं । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैंचामा सोमवार सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको मिनी ट्रक रोकिराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनालाई हेलिकप्टर र तीन जनालाई एम्बुलेन्समार्फत काठमाडौंमा रहेको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । अन्य घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७