कहाँ–कहाँ छ आजको वर्षाको सम्भावना ?


१७ भाद्र २०७८, बिहीबार
kathamandu

काठमाडौं, १७ भदौं । अहिले (बिहीबार बिहान) देशभर मौसम सामान्य बदली भएको छ । प्रदेश–१ का धेरै र प्रदेश–२ र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो (दिनमा) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७