बलात्कार आरोपमा कांग्रेस कोषाध्यक्ष पक्राउ


१८ भाद्र २०७८, शुक्रबार
khadga khatri rape La6936p6ip

रोल्पा, १८ भदौं । बलात्कार आरोपमा नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री पक्राउ परेका छन् । स्थानीय ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ८ गते खत्रीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो ।

खत्रीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले बताए ।

पीडित महिलाले आफूलाई जबरजस्ती करणी गरेको उजुरी लिएर आएपछि थप अनुसन्धानका लागि खत्रीलाई पक्राउ गरेको डिएसपी सुवेदीले जानकारी दिए । पीडित महिलाको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७