आज ४१ जिल्लामा मात्रै कांग्रेस वडा अधिवेशन, केन्द्रीय नेताहरुको वडामा निर्विरोध नेतृत्व


१८ भाद्र २०७८, शुक्रबार
deuba adhibesan y7nDYyWuRt
sf7df8f}F, !* ebf} . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf z’qmaf/ eQmk’/sf] ;”o{ljgfos gu/kflnsf s6’h]df sfFu|];sf] j8f clwj]zg pb3f6g ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १८ भदौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आज (शुक्रबार) देखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा पहिलो दिन आज (शुक्रबार) ४१ जिल्लामा मात्रै अधिवेशन भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै वागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन सकिएको छ । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका जम्मा चार जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन भएको समिति सदस्य रावलले बताए ।

क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जानकारी दिएको छ । समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ । यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ । प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।

२१ जिल्लाको क्रियाशील सदस्यता अझै टुंगिएको छैन । ती जिल्लाका वडा अधिवेशन कहिले गर्ने भन्नेमा अन्यौलता कायमै रहेको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का सबै जिल्लासहित काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, सुनसरी, मोरङ, डडेल्धुरा, कैलाली, कपिलवस्तु, सुर्खेत लगायतका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छैन ।

केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३० को बैठकले कार्यतालिका सार्वजनिक गरेको हो ।
केन्द्रीय नेताहरुको वडाको नेतृत्व निर्विरोध
सुदूरपश्चिमबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएका अधिकांश नेताहरुको क्रियाशील सदस्यता भएका वडाहरुको नेतृत्व निर्विरोध नेतृत्व चयन भएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायरको क्रियाशील सदस्यता भएका वडाहरुमा निर्विरोध वडा कार्यसमिति चयन गरिएको हो ।

साउदको क्रियाशील सदस्यता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ र लेखकको क्रियाशील सदस्यता रहेको कञ्चनपुरकै वेदकोट नगरपालिका–८ मा निर्विरोध वडा कार्यसमिति चयन गरिएको जिल्ला सभापति हरिप्रसाद बोहराले जानकारी दिए । उनका अनुसार भीमदत्त नगरपालिका–२ मा उत्तम भट्ट र वेदकोट–८ मा रामसिंह मार्कण्ड्यको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको हो । कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका नेता तारादेवी भट्टको क्रियाशील सदस्यता रहेको भीमदत्त नगरपालिका–१८ मा पनि वडा कार्यसमिति निर्विरोध चयन भएको छ ।

भट्टको वडामा राजेन्द्र केसीको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको सभापति बोहराले बताए । बोहराको क्रियाशील सदस्यता रहेको वेदकोट–७ मा पनि दलबहादुर विष्टको नेतृत्वमा वडा कार्यसमिति निर्विरोध चयन भएको छ ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य बलायरको क्रियाशील सदस्यता रहेको डोटीको शिखर नगरपालिका–८ मा पनि निर्विरोध वडा कार्यसमिति चयन भएको छ । उक्त वडामा लालबहादुर महराको नेतृत्वमा वडा कार्यसमिति गठन भएको छ ।

सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका कैलाली, डडेल्धुरा, बाजुरा, बैतडी र दार्चुलामा भने वडा अधिवेशन सुरु नभएको बताइएको छ । कैलाली, डडेल्धुरा र बाजुराको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७