मन्दिरको जग्गा बेचिसके महन्थले, विवाह मण्डपको भूमि भूमाफियाको खल्तीमा


२० भाद्र २०७८, आईतवार
janakpur I4LpWOjbDB
u0ftGq lbj;sf cj;/df agfPsf] dfgj ;fËnf]hgsk’/, !% h]7 -/f;;_ u0ftGq lbj;sf cj;/df Pstfsf] ;Gb]zsf nflu a’wjf/ hgsk’/wfdsf] hfgsL dlGb/ kl/;/df ljleGg z}lIfs k|lti7fgsf lzIffyL{åf/f agfPsf] dfgj ;fËnf] . t:jL/ lxdf+z’ rf}w/L /f;; hgsk’/

जनकपुरधाम, २० भदौं । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ । भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन् । नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ । तर, स्वयंवरको दृष्य भने सबैले हेर्न पाउँदैनन् ।

भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु । जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन् ।

यहाँको रानीबजारस्थित मणिमण्डपमा राम, भरत, लक्ष्मण र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास गरिन्छ । त्यसैको सम्झनामा यहाँ हुने स्वयंवर कार्यक्रममा रामजानकी विवाह मण्डप कहिल्यै सजिन पाउँदैन । स्वयंवरको दृश्य हेर्न आउने लाखौं श्रद्धालु भक्तजनले उभिने ठाउँसमेत पाउँदैनन् ।

यहाँको २५ बिघा जग्गाजमिन जानकी मन्दिरका पूर्वमहन्थ स्व। रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए । रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले कीर्ते हस्ताक्षरमा बेचेका थिए । त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बास समेत नपाउने अवस्था छ । जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा परेको छ ।

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पत्ति महन्थको बिर्ता सरह हुन पुग्यो । बेचबिखन यहाँसम्म पुग्यो कि जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरू छिन्नभिन्न हुन थाले । देवभूमि जथाभावी अतिक्रमण पर्दै गएपछि यहाँका पुरातात्विक, धार्मिक र प्रतीकहरू खुम्चिदै गएका छन् ।

जनकपुर नगरपालिका भित्र १४ राजगुठी छन्। जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी भने छुट्टै गुठीमा छन् । जसमध्ये सबै गुठीहरू अतिक्रमणमा परेका छन् । नगरपालिका क्षेत्रका गुठीका ९० प्रतिशत जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्थको मिलोमतोमा अतिक्रमण भइसके । गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेषका रूपमा बाँकी छन् ।

जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजारमध्ये ५ सय ३० बिघा, राममन्दिरको २८ सय ६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४ सय १० बिघामध्ये ३ सय ९० बिघा अतिक्रमणको चपेटामा परेका छन् । रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४ सय ८५ बिघामध्ये ४ सय ६० बिघा, हनुमान मठको १ सय ४३ बिघामध्ये १ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसके ।

गुठीका ‘श्रीसम्पत्ति’ विनाश गर्ने कामको नेतृत्व महन्थहरूले नै गरिरहेकाले देवभूमि भूमाफियाको कब्जामा परेको छ । गुठीको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट च्युत भएर महन्थहरूले भूमाफियासँग मिलेर अकुत कमाइरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७