कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै


२१ भाद्र २०७८, सोमबार
congress

काठमाडौं, २१ भदौं । सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आज (सोमबार) बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकेका छन् ।

देउवाले बिहान साढे ८ बजे बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूलाई बोलाएका छन् । देउवाले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।

नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ शुरु भएको छ । निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एक जना मात्रै सदस्य भए पनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि नेताहरू अब प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको ‘लबिङ’ मा जुटेका हुन् ।

नेताहरू फर्मूल्लाह मन्सुर, जीवन परियार मुस्लिम संघका अध्यक्ष अबदुल सतारसहितका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूलाई विगतका गल्ती सच्याउन तयार रहेको भन्दै सभापति देउवाले प्रतिनिधित्वका लागि पहल गर्ने आश्वासन दिएका छन् । ‘हामीले वडामा जस्तै समावेशी प्रतिनिधित्वको सुनिश्चिता गर्नुपर्ने माग गर्‍यौं’, नेता मन्सुरले भने, ‘उहाँले म निर्देशिकाका कमजोरी हटाउन पहल गर्छु भन्नुभएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७