पुष्पलाल खोज्दै दिल्लीतिर…


२३ फाल्गुन २०७४, बुधबार
Pushpa lal 2

काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ ।Pushpa lal 2

वृत्तचित्र ‘तीन लाल’ मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ समेटिने निर्देशक श्रेष्ठले जानकारी दिए । भारत गएको टोलीमा एमाले नेताहरू देवशंकर पौडेल, लोककृष्ण भट्टराईसहित सन्दीप अर्याल छन् । पुष्पलाल पुत्र उमेश श्रेष्ठ पनि तत्काल भारत जाने जनाइएको छ ।

युवा उद्यमी किरण मोक्तानले टोलीलाई बिदाइ गरेकी थिइन् । वृत्तचित्र निर्माण पक्षका अनुसार नयाँ दिल्लीस्थित गोविन्दपल्लब पन्त अस्पतालमा निर्वासनकै क्रममा पुष्पलालको निधन भएको थियो । तत्कालीन नेपाल सरकारले उनको पार्थिव–शरीर ल्याउन नदिएपछि निगमबोध घाटमा उनको दाहसंस्कार गरिएको थियो । यी ठाउँसँगै कोलकाता, पटना, दरभंगा, गोरखपुर, वनारस, फारबिसगञ्ज, लखनउलगायत क्षेत्रमा वृत्तचित्र छायांकन गरिने निर्देशक श्रेष्ठले बताए । पुष्पलालसँग संगत गरेका भारतीय नेतासँग कुराकानी पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७