नागढुंगाबाट ११ लाख नगदसहित १९ वर्षीय युवक पक्राउ


२३ भाद्र २०७८, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं, २३ भदौं । काठमाडौंबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट स्रोत नखुलेको सो रुपैयाँसहित भारतको पश्चिम बंगाल, हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७