एमसीसी पारित गर्नुपर्ने बाबुरामको यस्तो छ तर्क


२६ भाद्र २०७८, शनिबार
JASAPA with MCC1631207193

काठमाडौं, २६ भदौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने तर्क गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोजना स्वीकार्नुपर्ने तर्क अघि सारेका हुन् । नेपाललाई प्राप्त हुने विदेशी सहयोगका परियोजनाको विरोध गर्नेहरु राष्ट्रवादी हुन नसक्नेमा समेत उनले जोड दिएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले नेपाल भ्रमण छ । उनीहरु यतिबेला प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेतालाई भेटेर एमसीसी स्वीकार गर्न दबाब दिइरहेका छन् । सोही सन्दर्भमा नेता भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो ।
उनले एमसीसीसहित विदेशी सहयोगका परियोजनाहरु स्वीकार गरेर देशलाई समृद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् । उनले चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्नु गलत हुने तर्क गरेका हुन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्दै देश कंगाल पार्ने र युवाहरुलाई रोजगारीका लागि विदेश लखेट्ने राष्ट्रघाती कि नेपालमुखी भएर बीप्पा, बीआरआई, एमसीसी सहितका सबै स्वीकार्दै देश समृद्ध पार्ने र युवालाई स्वदेशमै राख्ने राष्ट्रघाती ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७