पूर्व राजदूत राणाको निधन


२६ भाद्र २०७८, शनिबार
rukma samser1631326229

काठमाडौं, २६ भदौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ ।

राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन् । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमीमध्येका एक हुन् ।

भारतका लागि पूर्व नेपाली राजदूत समेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी निभाउनुका साथै नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरी समेत रहेका थिए । राणा सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७