तीन वर्षीया बालिका मृत फेला


२८ भाद्र २०७८, सोमबार
death

गुल्मी, २८ भदौं । गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरीकी उमा पोख्रेलकी तीन वर्षीया छोरी आयुषा पोख्रेल आइतबार बिहान मृत भेटिएकी छिन् । शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चिथोरे जस्तै दाग देखिएका छन् । प्रहरी प्रमुख भट्टराईले प्रारम्भिक अवस्थामा जङ्गली जनावरको आक्रमण जस्तो देखिए पनि बालिकाको शवको पोस्टमार्टमसहित अरु अनुसन्धान अगाडि बढाउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७