एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


२८ भाद्र २०७८, सोमबार
madhav nepal

काठमाडौं, २८ भदौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएको नेता विरोध खतिवडाले जानकारी दिए ।

बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ । उनले भने, ‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्नु छ । जनवर्गीय सङ्गठन बनाउन छ । यी यस्तै विषयमा निर्णय लिन बैठक बोलाइएको हो ।’ भदौ ९ गते नयाँ दलको मान्यता पाएको एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय कमिटी बैठक गर्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७