दुई करोड बढीका गहना लिएर विराटनगर हिडेका कैलालीका भण्डारी र धनुषाका भण्डारी पक्राउ


२९ भाद्र २०७८, मंगलवार
Gold Nepal
सांकेतिक तस्वीर

काठमाडौं, २९ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ। सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा. वडा नं. २ घर भएका ४७ वर्षका मुरारी राज अधिकारी तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो।

बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज  एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो ।

राज भण्डारीको साथबाट मूल्य रु.३६,६४,२२५ बराबरको ५१५ ग्राम  तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम (मूल्य रु.४६,३७, १९७/-), २२ क्यारेटको १५५२ ग्राम (मूल्य रु. १,१०,४२, ४८०/-) र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम (मूल्य रु.३१, ४८, ४९५/-) गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ । सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ।

बरामद भएका गहनाहरु :-

१. सुनको बल चेन थान- ३७ (सैतीस)

२. सुनको हुक चेन झुप्पा- ४ (चार)

३. सुनको टप जोर- १८ (अठार)

४. सुनको रोल चेन थान- २ (दुई)

मुरारी राज अधिकारीको साथबाट फेला परेका गरगहनाहरु:

१. सुनको लकेट थान ७२ (बहत्तर)

२. सुनको टप जोर- ८४ (चौरासी)

३. सुनको बल माला थान- २९ (उनानतीस)

४. सुनको रोल चेन थान ११ (एघार)

५. सुनको ब्रासलेट थान- ६ (छ)

६. सुनको औंठी थान- २२१ (दुई सय एकाइस)

७. सुनको नेकलेस थान- १ (एक)

८. सुनको हुकचेन थान ८ (आठ)

९. सुन सहित पत्थर जडित औंठी थान- ८३ (त्रियासी)

१०. सुन सहित पत्थर जडित लकेट थान- ३५ (पैतीस)

११. सुन सहित पत्थर जडित फुली थान- १६९ (एक सय उना

१२. सुन सहित पत्थर जडित टप जोर- ५९ (उनानसाठ्ठी)

१३. सुन सहित पत्थर जडित नेकलेस थान- ४ (चार)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७