माथिल्लो तामाकोशी हाइड्रोपावरमा टावरबाट खसेर भारतीय मजदुरको मृत्यु


३० भाद्र २०७८, बुधबार

सिन्धुपाल्चोक, ३० भदौं । विद्युतको टावर निर्माणका क्रममा माथिल्लो तामाकोशी हाइड्रोपावरका एक मजदुरको मृत्यु भएको छ ।
टावरबाट खसेर भारतको बंगलमाल्दाका २८ वर्षीय शेख मतिउरको बुधबार मृत्यु भएको हो । भदौ २६ गते सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका १३ जल्केनी नर्सिङ डाँडामा विद्युतको टावर निर्माण भइरहेको थियो ।

सोही क्रममा उनी करिव १३ फिटमाथिबाट खसेका थिए । टाउको, निधार, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर ल्याइएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएपी दक्षकुमार बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७