जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ, एक फरार


१ आश्विन २०७८, शुक्रबार
Rape for nayapage

काठमाडौं, १ असोज । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनार र सोही उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७