आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?


२ आश्विन २०७८, शनिबार
kathamandu

काठमाडौं, २ असोज । आज (शनिबार बिहान) मौसम देशभर आंशिक (कम बादल, धेरै खुला) देखि सामान्य (धेरै बादल, कम खुला) बदली भएको छ । बागमती प्रदेशका थोरै तथा प्रदेश–१ र २ का एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भनेको बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति (भनेको साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म) पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, बागमती तथा गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार मौसम अनुमान ८५ देखि ९० प्रतिशतसम्म मिल्छ । ‘मौसम हो, ठ्याक्कै त नमिल्न सक्छ’, मौसमविद् सापकोटाले भने, ‘जतिबेला पानी पर्छ भनिएको हुन्छ, कहिलेकाहीं भनेको समयभन्दा एक–दुई घण्टा अघि–पछि पनि हुन सक्छ, तर पनि हाम्रो यतिको प्रविधिलाई परिपक्व नै मान्नु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७