संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा


२ आश्विन २०७८, शनिबार
bidhya

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गरेकी हुन् ।

मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेत ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७