संविधान कार्यान्वयनमार्फत नै समाजवाद स्थापना गर्न सकिन्छ : माधव नेपाल


३ आश्विन २०७८, आईतवार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, ३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयनमार्फत नै समाजवाद स्थापना गर्न सकिने बताएका छन् ।

सातौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न पनि आग्रह गरेका छन् । ‘जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमानदार प्रयास गर्न सबैमा आह्वान गर्दछु’, शुभकामना सन्देशमा भनेका छन् ।

अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको पनि बताएका छन् ।

संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तालगायत ठूला परिवर्तन तथा सुधार भए पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७