प्रसारण लाइन अभावमा विद्युत खेर गइरहेको छ : कुलमान घिसिङ


३ आश्विन २०७८, आईतवार
Kulman Ghising

हेटौंडा, ३ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए ।

‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ । यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ’, उनले भने, ‘हामीले यसका लागि पहल गरिरहेका छौं । राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्‍यो ।’

निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको, तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७