दुई वटा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


४ आश्विन २०७८, सोमबार
chori 20210920070818

काठमाडौं, ४ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित एक जनालाई गोकर्णेश्वरबाट पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने २४ वर्षीय तेजबहादुर खड्कालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्दा बा ५६ प ४५४४ नम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्गमा हराएको महाशाखामा जानकारी दिएका थिए ।

प्रहरी अनुसन्धानमा उनले वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाइकलसमेत फेला पारेको हो। वास्तविक नं. बागमती प्रदेश ०२–०१७ प ७८०३ भएको उक्त मोटरसाइकल भाद्र ३० गते काठमाडौंको काँडाघारीस्थित पार्किङबाट हराएको बताइएको छ ।

उक्त मोटरसाइकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७