झलनाथ र माधवका लागि ठूलो सहयोग गरिरहेका छौं, मेहनतको फल लाग्या पनि छ : प्रचण्ड


४ आश्विन २०७८, सोमबार
Puspakamal Dahal Parchanda
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, ४ असोज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र झलनाथ खनालका लागि आफूहरुले ठुलो सहयोग गरिरहेको बताएका छन् । नेपाल र खनाल ‘ठीक ट्र्याक’मा हिंड्न जमर्को गरिरहेको कारण आफूहरुले सहयोग गरेको उनको जिकिर छ ।

सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल र खनालमाथि आफूहरुले गरेको ‘मेहनतको फल’ लागेको समेत बताए । प्रचण्डले भने, ‘हामीले धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरि पनि राख्नुभाछ हामीले ठूलो सहयोग गरेका पनि छौं ।’

प्रचण्डले एमाले केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही वैचारिक भन्ने साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए । प्रचण्डले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताए ।

प्रचण्डले नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गरे। ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन’, उनले भने, ‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भ्नेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को काँग्रेस को माओवादी, को एमाले रु त्यसैले हामीले थोरै मिहेनत गर्‍यौं भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ।’

अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको बताए। उनले कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७