मदन भण्डारीको ‘जबज’ अंशबण्डामा परिसक्यो : दमननाथ ढुङ्गाना

‘पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा कम्युनिष्ट पार्टीहरु टुक्रिए’


५ आश्विन २०७८, मंगलवार
Damannath dhungana 1

काठमाडौं, ५ असोज । पूर्व सभामुख दमननाथ ढुङ्गानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौमा श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुङ्गानले भने, ‘अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डामा कता पर्ने हो थाहा छैन ।’ उनले अहिले कम्युनिष्ट र कांग्रेस दुवै पार्टीमा विचारको संकट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिष्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीहरू पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा टुक्रिने गरेको पनि बताए । ‘मदन भण्डारीले कसरी लचिलो भएर जबजको भरमा पार्टीलाई अघि बढाउनु भएको थियो ?’, एमाले अध्यक्ष केपी ओली समेत सहभागी कार्यक्रममा ढुङ्गानाले भने, ‘मदनले कम्युनिष्ट पार्टीलाई पनि बचाउनु भयो, कम्युनिष्ट आन्दोलनलाई पनि बचाउनु भयो । संसदीय व्यवस्थाभित्र पस्नुभयो र आफ्नो नेता मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षको नेता बनाउनु भयो ।’

उनले मदनको जस्तै फेक्सिविलिटी आजको कम्युनिष्ट पार्टीमा चाहिएको भन्दै कम्युनिष्ट पार्टी र लोकतन्त्रमा नै चुनौती रहिरहने बताए । उनले संविधान कहिल्यै पनि पूर्ण नहुने भन्दै त्यसलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरूले ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७