कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ


७ आश्विन २०७८, बिहीबार

रौतहट, ७ असोज । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७