संसदबाट आजै बजेट पास गर्ने तयारी, खुल्ला खर्च गर्न बाटो ?


७ आश्विन २०७८, बिहीबार
Parliment house samsad bhawan q scaled

काठमाडौं, ७ असोज । राष्ट्रिय सभामा बिहीबार विनियोजन विधेयक पास गर्नका लागि निर्णयार्थ प्रस्तुत हुँदैछ । कुनै पनि सांसदले सुझाव नराखेकाले विधेयक छलफल बिना पास हुने देखिएको छ । राष्ट्रिय सभाबाट पास भएको विनियोजन विधेयक जस्ताको त्यस्तै सन्देशसहित फिर्ता प्रतिनिधिसभामा आउनेछ ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सुनाउने छन् । त्यसपछि सभामुखले प्रमाणीकरणका लागि हस्ताक्षर (सनाखत) गरेर राष्ट्रपतिकहाँ पठाउने छन् । राष्ट्रपतिले आजै उक्त विधेयक प्रमाणीकरण गर्ने सम्भावना रहेको छ । विनियोजन विधेयक प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्ने छ ।

मंगलबार प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल भएको थियो । प्रतिनिधिसभामा भने सोमबार एमालेको नाराबाजीबीच २०७८ /०७९ को बजेट पारित भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७