यथास्थितिमा एमसीसी अनुमोदन गर्नु हुँदैन : एकीकृत समाजवादी


७ आश्विन २०७८, बिहीबार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित गर्न नहुने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठकले एमसीसीमा राष्ट्रिय सहमति जुटाउन आवश्यक रहेको निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

‘राष्ट्रिय हितमा आज अनुकूल नभएको, त्यसकारण आजको अवस्थामा पारित गरेर अघि बढ्न सकिँदैन’, उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाई, राष्ट्रिय सहमति बनाई, राजनीतिक सहमति कायम गरी अघि बढ्न सकिन्छ ।’ बैठकले विभिन्न ६ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७