प्रतिनिधिसभाबाट पारित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत


८ आश्विन २०७८, शुक्रबार
samsad

काठमाडौं, ८ असोज । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक शुक्रबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफलका लागि यही असोज ११ गतेको समय तोकेका छन् । असोज ११ गते बिहान ११ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ ।

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्यहरूले भने आसनमा उठेर विरोध जनाएका थिए । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ले कारबाही नगरेको भन्दै एमाले सांसदले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७