कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?


९ आश्विन २०७८, शनिबार
kathamandu

काठमाडौं, ९ असोज । आज (शनिबार बिहान) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७