राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता, के गरे कुराकानी ?


१७ बैशाख २०८१, सोमबार
biden netanyahu

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार इजरायल उत्तरी गाजामा मानवीय सहायताका लागि कर्नी र इरेज क्रसिङका ढोकाहरू खोल्न तयार छ ।

गाजामा खाद्य असुरक्षा बढ्दै गएकाले सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्न थप क्रसिङहरू खोल्नु महत्वपूर्ण मानिन्छ ।
दुई नेताहरूले रफाहमा हमासविरुद्ध सम्भावित इजरायली कारबाहीबारे छलफल गरेका थिए । बाइडेनले गाजाको दक्षिणी सहरमा इजरायली कारबाहीलाई समर्थन नगर्ने पनि बताएका छन् । बाइडेनले अमेरिका गाजालाई सहायता उपलब्ध गराउने आफ्नो अडानमा अडिग रहेको र तेल अभिभले यस सम्बन्धमा आफ्नो प्रयासलाई अझ बढाउनुपर्ने बताए ।

दुवै नेताले गाजामा तत्काल युद्धविरामका लागि चलिरहेको वार्ताका साथै बन्धकहरूको रिहाइको पनि समीक्षा गरेको जनाइएको छ । यस्तै, अमेरिकी विश्वविद्यालयहरूमा पछिल्लो समय प्यालेस्टाइनको समर्थनमा प्रदर्शन चर्किएको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनमा पक्राउ परेका विद्यार्थीको संख्या ७ सय नाघेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७