दीर्घरोगीका लागि फाइजर खोप ल्याइने


९ आश्विन २०७८, शनिबार
pfizer vaccine Cu9k9mahO6

काठमाडौं, ९ असोज । एक लाख मात्रा फाइजर खोप दसैं अगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैं अगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, ‘सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।’ नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७