काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य : पवन सर्राफको अर्धशतक


९ आश्विन २०७८, शनिबार
epl O3YpV09Qb9

काठमाडौं, ९ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौले १५८ रनको लक्ष्य पाएको छ । साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाण्डौ किङ्स इलाभेनलाई जितका लागि १५८ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका पवन सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २ / २ विकेट लिए । ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इंग्ल्याण्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, जिम्बावेका रायन बर्ल, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायतका खेलाडी छन् ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट आजदेखि सुरु भएको छ । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७