भवन उद्घाटन गर्न हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला


९ आश्विन २०७८, शनिबार
mahendra shahi

जाजरकोट, ९ असोज । जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाई समेत सोही तौलको माला लगाएको छ ।

लाखौं रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् । उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरेका छन् । न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७