बौद्धिक चोरी विवाद विकराल


१० आश्विन २०७८, आईतवार
intellecual robbery Zl8C0zFG6p

काठमाडौं, १० असोज । ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो । उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ ।

गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ । गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए । विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन् । लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन् । प्रस्ट कानुन नहुँदा बौद्धिक सम्पत्तिको चोरी बढेको जानकारहरू बताउँछन् । लामो समयदेखि बौद्धिक सम्पत्तिको उजुरीमा छिनोफानो हुन नसक्दा समस्या थपिँदै गएको छ ।

उजुरी छिनोफानो हुन वर्षौं लागेपछि उजुरीकर्ता पनि निराश भएका छन्। उद्योग विभागका निर्देशक दिपक घिमिरे धेरै वर्ष अघिदेखि पेन्डिङमा रहेका उजुरी टुंग्याउने गृहकार्यमा जुटेको बताउँछन् । पेन्डिङमा रहेका सबै लट समाप्त गर्ने गरी गत वर्ष काम गरेको भए पनि अझै पेन्डिङमा धेरै मुद्धा रहेको उनले बताए । उजुरीकर्ता समयमा नआउने, हारेपछि चिठी नबुझ्ने, स्पष्ट ठेगाना उल्लेख नहुनेलगायत कारण वर्षौंदेखिका उजुरी सर्दै आएका छन् ।’

विभागको संस्थागत संरचना पनि कमजोर छ । विभागमा जनशक्ति अभावले पनि बौद्धिक सम्पत्ति विवाद सल्टाउन समस्या भइरहेको उनको भनाइ छ । विभागमा दुई वर्ष अघिदेखिका उजुरी तामेलीमा रहेको पाइएको छ । दुवै पक्षले सबुत प्रमाण पेस गर्न नसक्दा मुद्दा तामेलीमा रहिरहने समस्या छ ।

विदेशी तथा चलेका स्वदेशी ब्रान्डकोसमेत कपी लिन खोज्ने प्रवृत्ति बढ्दै गएकाले उजुरीका चाङ लागेका हुन् । तुरुन्तै लाभ लिने प्रवृत्ति मौलाउँदै गएकाले उस्तै उस्तै नाम राखेर झुक्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको विभागका अधिकारीहरू बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७