छिमेकीलाई छुरा हानी हत्या गरेको अभियोगमा पक्राउ


१० आश्विन २०७८, आईतवार
pakrau
फाइल फोटो

सुनसरी, १० असोज । हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका, ३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवीप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो । पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७