इजरायल रोजगारीका लागि १६ सय जनाको नाम सिफारिस (नामावलीसहित)


प्रकाशित मिति : September 26, 2021

काठमाडौं, १० असोज । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।
वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहनेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागीमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।
अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।

इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए ।

सूची

प्रतिक्रिया दिनुहोस्