मन्त्रिपरिषदले पूर्णता पाउन अझै कुर्नुपर्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

प्रधानमन्त्री देउवाले माग मन्त्रीहरुको नाम


१० आश्विन २०७८, आईतवार
satta

काठमाडौं, १० असोज । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरू सहमत भएको र मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेतालाई दिइएको छ ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेत्री तथा सांसद दुर्गा पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम माग गरेका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् । ‘जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा छलफल भयो’, पौडेलले भनिन्, ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छिट्टो दिनुहोस् भन्नुभयो ।’

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तथा एकीकृत समाजवादी दलको विषयमा अदालतको आदेश कुुर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलका नेताहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जसपाका नेताले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्ताव दर्ता भएपछि मात्र मन्त्रीको नाम दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७