एन्टिजेन परीक्षणको चर्को शुल्क असुल्ने सुमेरु हस्पिटललाई २० हजार जरिवाना


११ आश्विन २०७८, सोमबार
thumb 1 5

काठमाडौं, ११ असोज । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटललाई सरकारले कारबाही गरेको छ ।

सुमेरु सिटी हस्पिटलले कोरोनाको एन्टिजेन परीक्षणमै बिरामीसँग २५ सय रुपैयाँ शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

हस्पिटलले कोरोना परीक्षणको चर्को शुल्क लिने गरेको गुनासो उपभोक्ताले गरेपछि केही दिनअघि स्थानीय प्रशासनले हस्पिटलमा अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा हस्पिटलले तोकिएभन्दा धेरै शुल्क लिने गरेको पाएपछि कारबाही स्वरुप जरिबाना तिराएका हौं,’ सहायक प्रजिअ बस्नेतले भने ।

आइन्दा तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि सामान्य जरिबाना र चेतावनी दिएर छाडिएको स्थानीय प्रशासनले जनाएको छ । सरकारले निजी स्वास्थ्य संस्थालाई एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ मात्रै तोकेको छ । सरकारी स्वास्थ्य संस्थाले भने एन्टिजेन र पीसीआर परीक्षण निःशुल्क गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७