१,१५८ मा कोरोना संक्रमण, १,३१८ निको, १२ जनाको मृत्यु


१२ आश्विन २०७८, मंगलवार
korona

काठमाडौं, १२, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा १२ जनाले ज्यान गुमाएका छन् भने १,३१८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४,४४२ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् । यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७