सभामुखविरुद्धको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ । द्वन्द्वकालीन मुद्दा भएको हुँदा यो मुद्दाको टुंगो सोहीअनुसार लाग्नुपर्ने माओवादी तर्क रहेको छ ।