इलाममा ट्रकको ठक्करबाट सहचालकको गयो ज्यान

इलाम, १३ असोज । इलाममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना. ५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट ताप्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको गए राति घटनास्थलमै मृत्यु भएको हो ।
पाँचथरबाट ईलामतर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह–चालक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।