माधव नेपालको स्वास्थ्यमा सुधार


१४ आश्विन २०७८, बिहीबार
Madhav Nepal ex PM scaled

काठमाडौं, १४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ । स्वास्थ्यमा समस्या भएपछि बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेता नेपालको स्वास्थ्यमा आजबाट सुधार देखिएको उनको सचिवालयले जानकारी गराएको छ ।

नेपाललाई ज्वरो आउनुका साथै खोकी समेत लागेपछि अस्पताल भर्ना गरिएको हो । घरमै बस्दा गाह्रो भएपछि नेता नेपाललाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । उनलाई विगत चार दिनदेखि ज्वरो आइरहेको छ । आजबट भने उनको स्वास्थ्यमा सुधार आएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ । स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको गौतमले बताए । अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि बिरामी परेका हुन् ।

उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ । नेपाल बिरामी भएपछि सत्ता गठबन्धनका बैठकहरु समेत प्रभावित भएका छन् । बैठक प्रभावित भएपछि मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाइ भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७