काबुलमा ३४ नेपाली ४१ दिनदेखि उद्धारको पखाईमा


१५ आश्विन २०७८, शुक्रबार
afgan 1
फाइल फोटो

काठमाडौं, १५ असोज । ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षा प्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् ।

तर, रोजगारीका लागि दलालमार्फत काबुल पुगेर पनि रोजगारी नपाएका ३४ जनाको उद्धार हुन नसकेको हो । उनीहरु काठमाडौं फर्किने भाका पटक पटक सर्दै आएको छ । यीमध्ये कोही चार महिनाअघि त कोही डेढ वर्षअघिदेखि काबुलमा छन् । उनीहरु नेपाली तथा भारतीय सोनाका पूर्व सुरक्षाकमी हुन् ।

अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि काबुलका होटेल, विमानस्थल, गरुद्धारा हुँदै उनीहरु अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरुक्षाप्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन) मा छन् । उनीहरुलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७