अमेरिकामा गर्भपतन अधिकारको माग, हजाराैंको प्रदर्शन


१८ आश्विन २०७८, सोमबार
W5WBZJWZDZCTJDIBQVUCWUXB4I vCLsR2Y30u

काठमाडौं, १८ असोज । गर्भपतनको अधिकार कटौती नगर्न माग गर्दै अमेरिकामा हजारौंले प्रदर्शन गरेका छन् । गर्भपतनको अधिकारलाई कानुनमा स्थापित गर्न माग गर्दै विगत केही दिनदेखि अमेरिकामा देशव्यापी प्रदर्शन भइरहेका छन् ।

गर्भपतनको संवैधानिक अधिकार कटौती हुनसक्ने आशंकामा गर्भपतन अधिकारका समर्थकले सबै राज्यमा दबाब स्वरुप प्रदर्शन गरेका हुन् । त्यहाँको सर्वोच्च अदालतमा गर्भपतनको मुद्दाको सुनुवाईको तयारी भइरहँदा प्रदर्शन चर्किएको हो । प्रदर्शनमा महिलाहरुको सहभागीता अत्यधिक छ ।

अबको केही महिनापछि नै त्यहाँको सर्वोच्च अदालतमा गर्भपतनसम्बन्धी मुद्दाको सुनुवाई हुने बीबीसीले उल्लेख गरेको छ । आइतबार राजधानी वासिङटन डीसीमा हजारौंले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ‘गर्भपतनलाई कानूनी मान्यता देऊ’ जस्ता व्यानर बोकेका थिए । त्यसक्रममा सर्वोच्च अदालततर्फ मार्चपास गरिएको थियो ।

अमेरिकामा गर्भपतनको अधिकारको विपक्षमा पनि आवाज उठ्दे आएको छ । ‘निर्दोष बालबालिकाको जीवन तिम्रो हातमा छ’ भन्दै केही मानिसले गर्भपतन अधिकारको विरुद्धमा समेत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७