पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख


१८ आश्विन २०७८, सोमबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, १८ असोज । सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए ।

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्‍याए । उनले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे । सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउने र त्यसको कार्यान्वयन भए / नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दावी गरे । उनले दर्शन शास्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७