जापानका नव नियुक्त प्रधानमन्त्रीले थाले आम निर्वाचनको तयारी


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । जापानका नव नियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।

किशिदा आइतबार मात्रै जापानको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा उनले आफू आमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।

यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारीमा रहेको उनले जानकारी दिए । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारी शुरु गरेका हुन् ।

निर्वाचन गराउनका लागि प्रधानमन्त्री किशिदाले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७