दिदीसँग बस्दै आएका युवकको हत्या, मन्दिर छेउमा भेटियो शव


१९ आश्विन २०७८, मंगलवार
1633427729 hatya 1200x560 1

नेपालगञ्ज, १९ असोज । नेपालगञ्ज उपमहानगरपालि–१ धम्बोझीस्थित गायत्री मन्दिर छेउमा एक युवकको हत्या भएको छ । बर्दिया, राजापुरका १९ वर्षका रोहित थारुको हत्या भएको हो ।

बाँके प्रहरी प्रवक्ता एबम डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए । ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ, प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो देखिँदैन’, उनले भने । मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो ।

मृतक रोहित आफ्नो दिदीका साथ लामो समयदेखि वडा नम्बर–१ धम्बोझीमा बस्दै आएका थिए । मृतककी दिदी सीमा थारुले भाइको हत्या नै भएको दाबी गरेकी छन् । उनले भनिन्, ‘सोमबार राति सुतिरहेको भाइलाई फोन गरेर बोलाइएको थियो, विहान शव भेटियो ।’ उनको सुनियोजित हत्या भएको उनको भनाइ छ । ‘हत्याको अनुसन्धान गरेर दोषीलाई कारबाही गरियोस्’, उनले भनिन् । रोहितको शव पोष्टमार्टम गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७